फिलिपिन्समा ९२ यात्रु सवार विमान दुर्घटनाग्रस्त
बीबीसी। फिलिपिन्समा ९२ जना सवार एउटा सैनिक मालवाहक विमान आइतवार दुर्घटनाग्रस्त भएको छ। सुरक्षा बलका प्रमुखले जलिरहेको विमानको भग्नावशेषबाट कम्तीमा ४० जनालाई जीवितै उद्धार गरिएको बताएका छन्।
देशको दक्षिण पश्चिममा रहेको सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने प्रयास गरिरहेको उक्त विमानले धावनमार्ग पहिल्याउन नसकेको विवरण आएका छन्। अहिलेसम्म दुर्घटनास्थलबाट १७ शव झिकिएको बताइएको छ। उक्त विमानमा सवार अधिकांश आधारभूत सैनिक तालिम पूरा गर्ने व्यक्तिहरू भएको बताइन्छ।
स्थानीय समयानुसार साढे ११ बजे दुर्घटनामा परेको विमानमा दक्षिणी भूभागमा उग्रवादी अबु सैय्यफ समूहसँग लड्न सैन्य बल बढाउने योजना अन्तर्गतका सैनिकहरू रहेको बताइएको छ।
“धावनमार्ग छोड्यो, फेरि उड्न खोज्यो तर सकेन,” सशस्त्र प्रमुख किरिलिटो सोबेजानाले बताए। फिलिपिन्सको राज्य सञ्चालित समाचार संस्थाले प्रकाशन गरेको तस्बिरमा बस्ती नजिकै रूखहरूबीच जलेको विमान देखिन्छ।
LOOK: The C-130 crash site in Patikul, Sulu on Sunday (July 4, 2021). The aircraft was on a troop transport mission, according to AFP chief Gen. Cirilito Sobejana. | via Priam Nepomuceno (?: courtesy of Bridge Bridge, PTV) pic.twitter.com/aVlGfs43f7
— Phil News Agency (@pnagovph) July 4, 2021







डिसी नेपाल







Facebook Comment