पाकिस्तानी क्रिकेट कप्तान बाबर आजमको सामाजिक संजालमा प्रशंशा किन भइरहेको छ ?
काठमाडौं। पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमको पछिल्लो समय निकै प्रशंशा भइरहेको छ । आइसीसी एकदिवसीय बरियतामा शीर्ष स्थानमा र टि–२० अन्तर्राष्ट्रिय बरियताका तेस्रो स्थानमा रहेका बाबरले आफ्नो व्यस्त कार्यतालिकामा पनि समर्थकहरुलाई समय निकालेका कारण उनको प्रशंशा भइरहेको हो ।
केही दिनअघि बाबरले एक खुला पत्र लेख्दै समर्थकहरुले आफ्नो टिमलाई गरिरहेको निरन्तर समर्थनप्रति आभार व्यक्त गरेका थिए । बाबरले पत्रमा खेलाडी र फ्यानहरुको विशेष नाता हुने बताउँदै एक अर्काबिना दुवैको अस्तित्व नहुने बताएका थिए । अब बाबर फेरि एक अपांग बच्चाको ट्वीटको जवाफ दिएका कारण चर्चामा छन् ।
Thank you for a warm welcome and wonderful wishes, you little champ. May Allah always keep you blessed. Lots of love. ❤️ https://t.co/Sd4HN8OgBz
— Babar Azam (@babarazam258) July 2, 2021
ट्वीटरमा माजिद मजीदको ह्याण्डलबाट एक बालकको भिडियो पोस्ट भएको थियो । इङल्याण्डमा बस्ने यी अपांग बालक मुहम्मद अकिलले बाबरलाई सम्बोधन गर्दै भनेका छन् ‘अस्सलाम वालेकुम, म मुहम्मद अकिल हुँ । इङल्याण्डमा तपाइँलाई स्वागत छ । म सधैं तपाइँलाई समर्थन गर्छु र कराची किंग्सको ठूलो समर्थक हुँ । अल्लाहले तपाइँलाई धेरै सफलता दिउन् ।’
पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजम पाकिस्तान सुपर लिगमा कराची किंग्सको तर्फबाट खेल्छन् । अकिलको जवाफ दिँदै बाबरले लेखेका छन् ‘तपाइँको न्यानो स्वागत र अद्भूत शुभकामनाको लागि धन्यवाद लिटिल च्याम्प । अल्लाहले सधैं तपाइँको साथ दिउन् । धेरै माया ।’
बाबरको यो जवाफपछि सामाजिक संजालमा उनको प्रशंशा भइरहेको छ । सेलिब्रेटीहरुले सामाजिक संजालमा यस्ता कुराहरुको जवाफ नदिने भए पनि बाबरले ती बालकको लागि समय निकालेकोमा उनको प्रशंशा भइरहेको हो । बाबरसहित पाकिस्तानको टिम इङल्याण्डसँग ३ एकदिवसीय र ३ टि–२० सिरिज खेल्नको लागि इङल्याण्डमा छ । उनीहरुको पहिलो एकदिवसीय ८ जुलाइमा सुरु हुँदैछ । सिरिज २० जुलाइसम्म चल्नेछ ।







डिसी नेपाल







Facebook Comment