यात्रु उद्धार सहज र सस्तोका लागि उडान संख्या थप्न सरकारलाई आग्रह

डिसी नेपाल
२० असार २०७८ १९:२१
112
Shares

काठमाडौं। अहिले परेको अविरल वर्षाले बाटोघाटोलाई विभिन्न ठाउँमा क्षति पुर्याएको भन्दै विमान कम्पनीहरुले उडान संख्या थप्न सरकारसँग आग्रह गरेका छन्।

हाल आन्तरिक उडानमा तोकिएको ५० प्रतिशत उडान संख्याले यात्रु उद्धार गर्न कठिनाई हुने विमान कम्पनीहरुले जनाएका छन्। बुद्ध एयरले आइतबार विज्ञप्ति जारी गर्दै उडान संख्या थप्न सरकारसँग आग्रह गरेको छ। उसले भनेको छ, ‘उडान संख्या घट्ने बित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायु सेवा कम्पनीहरुले धान्नै नसकिने देखिन्छ । उडान संख्या कम हुने बित्तिकै सञ्चालन खर्च स्वतः बढ्न जान्छ।’

विज्ञप्तिमा भनिएको छ, ‘निषेधाज्ञा अगाडि झण्डै दैनिक १५ हजार हवाई यात्रुहरुले ओहोर दोहर गरेको रेकर्ड छ। यसो हुनुको मुख्य कारण सस्तो हवाई भाडादर र अधिक हवाई उडान नै हो। हवाई उडानबाट संक्रमण नफैलिने अन्तर्राष्ट्रिय अध्ययनहरुले पनि पुष्टि गरेको छ। हामी संक्रमणरहित हवाई यात्राका लागि अन्तर्राष्ट्रिय मापदण्ड तथा सरकारद्वारा निर्देशित निर्देशिकाको कडिकडाउका साथ पालना गरेका छौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *