नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध
काठमाडौं । गएरातिदेखि नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। चौध किलो रसेती दोभानमा पहिरो गएका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो।
चितवन प्रहरीका अनुसार चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो आएर गएराति १० बजेबाट सडक अवरुद्ध भएको हो। आइतबार सेतीदोभान पहिरो पन्छाएर गएराति पौने १० बजेबाट बाटो एकतर्फी खुलाइए पनि केहीबेरमै अबरुद्ध भएको प्रहरीको भनाइ छ।
पानी नपरेको अवस्थामा अबको केही घण्टामा पहिरो पन्छाएर बाटो एकतर्फी भए पनि खुलाउने प्रहरीले जनाएको छ। बाटो नखुल्दासम्म वैकल्पिक बाटोप्रयोग गर्नसमेत प्रहरीले अनुरोध गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment