सेनाले महिला सैनिकलाई हाइ हिल लगाएर परेड गराउने भएपछि देशैभरी आक्रोश
काठमाडौं। देशको स्वतन्त्रताको ३० औं वार्षिकोत्सव मनाउने क्रममा युरोलेपी देश युक्रेनले २४ अगष्टका दिन एक सैन्य परेड आयोजना गर्ने भएको छ । सोभियत संघको पतनपछि ३० वर्षअघि स्वतन्त्र भएको यो देशले आयोजना गर्न लागेको परेका कारण अहिले देशमा ठूलो विवाद भएको छ । परेडका विषयमा त्यहाँको रक्षा मन्त्रालयले गरेको एउटा निर्णयका कारण विवाद सृजना भएको हो ।
बीबीसीका अनुसार युक्रेनको रक्षा मन्त्रालयले यो परेडमा महिला सैनिकहरुलाई अन्य सैनिकहरुले जस्तो सैन्य बुट नभइ अग्लो कुर्कुच्चा अर्थात हाइ हिल भएका स्याण्डल लगाएर परेड गराउने तयारी गरेको छ । यो निर्णयमा रक्षा मन्त्रालयले लैंगिक विभेद गरेको भन्दै देशका जनताले विरोध गरिरहेका छन् । जनता मात्र नभइ जनप्रतिनिधिहरु पनि रक्षा मन्त्रालयको यो निर्णयप्रति असन्तुष्ट छन् । यो निर्णयका कारण अहिले देशमा आक्रोशको वातावरण बनेको छ ।
विपक्षी सांसद इरिना गेराश्चेन्कोले यो महिलाप्रति असमानता मात्र नभइ लैंगिक भेदभाव भएको बताइन् । तर, सेनाले भने सेनाको युनिफर्ममा हाइ हिल पनि समावेश भएको र यो युनिफर्मकै एक अंग भएको बताएको छ । यो निर्णयलाई लिएर युक्रेनमा मानिसहरुले आश्चर्य व्यक्त गरिरहेका छन् । विपक्षी सांसदहरुको एक समूहले रक्षा मन्त्री एन्ड्री तरेनलाई माफी माग्न भनेका छन् । समाजिक संजालमा भिटाली पोर्टनिकोभले लेखिन् ‘हिलमा परेडको कहानी वास्तविक अपमान हो । केही अधिकारीहरुको मध्ययुगीन मानसिकता हो ।’
अर्का नेटिजेन गोराश्चेन्कोले लेखे ‘मैले पहिले सोचेको थिएँ कि महिला सैनिकले लडाकु पाइन्ट र ब्लक हिलमा पूर्वाभ्यास गर्नु केवल एक घटना थियो । तर यो समानता होइन लैंगिकता हो र आश्चर्य छ कि मन्त्रालयले महिलाहरुको अनुरुप शरीरको कवच डिजाइन गर्नु भन्दा महत्वपूर्ण यसलाई किन सम्झियो ।’ उपसंसदीइ अध्यक्ष ओलेना कोन्डराट्युकका अनुसार १३ हजार ५ सयभन्दा धेरै महिलाले रुस समर्थित पृथकतावादीसँगको लडाइँ बलियो बनाएका छन् । ३१ हजारभन्दा धेरै महिला देशको सशस्त्र बलमा सेवा गर्छन् जहाँ ४ हजारभन्दा धेरै महिला अधिकारी छन् ।







डिसी नेपाल







Facebook Comment