पेरुलाई हराउँदै ब्राजिल ‘ब्याक टु ब्याक’ फाइनलमा
काठमाडौं। साविक उपविजेता पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। निल्टन सान्तोस स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा घरेलु टोलि ब्रजिलले पेरुलाई १ – ० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा पक्का गरेको हो।
ब्राजिलका लागि लुकास पाक्वेटाले एक मात्रै निणएक गोल गरे।
पहिलो हाफको ३५ औं मिनेटमा लुकासले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए। उक्त गोल नै ब्राजिललाई जित दिलाउन प्रयाप्त बन्यो। उनले नेमारले तीन डिफेन्डरलाई छलाउँदै दिएको उत्कृष्ट पासमा गोल गरेका थिए।
खेल प्रतिस्प्रधात्मक रहे पनि दुवै टिमले प्रयाप्त गोल गर्ने अवसर भने सिर्जना गर्न सकेनन।
साविक विजेता समेत रहेको ब्राजिल ‘ब्याक टु ब्याक’ फाइनल प्रवेश गरेको छ।
ब्राजिलले अब उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग आगामी शनिबार प्रतिस्प्रधा गर्ने छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment