मास्क अमेरिकामा धनी र गरिबबीच फरक छुट्याउने प्रतीक बन्दै
काठमाडौं। अमेरिकामा मास्क धनी र गरिबबीच फरक छुट्याउने प्रतीक बन्न थालेको छ । अहिले अमेरिकाका धेरै ठाउँहरुमा यस्ता दृश्यहरु देख्न थालिएका छन् जहाँ धनी र गरिब सहजै छुट्याउन सकिन्छ।
रेष्टुरेण्टमा आउने धनी ग्राहकहरुले मास्क लगाउँदैनन् जबकि वेटर, बारटेन्डर र अन्य कर्मचारीले मास्क लगाउँछन्। महंगा सामानका स्टोरमा आउने ग्राहकले मास्क लगाउँदैनन्। यहाँ मास्क लगाएका कर्मचारीले मास्क नलगाएका ग्राहकको सेवा गरिरहेको देख्न सकिन्छ।
न्यूयोर्क टाइम्सका अनुसार अमेरिकामा खोपको दुवै डोज लगाइसकेकाहरुले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था हटाइएपछि यस्ता दृश्य देख्न थालिएको हो। अमेरिकाका सम्पन्न क्षेत्रमा अहिले विभाजनको रेखा देखिएको छ।
जसले अहिले पनि मास्क लगाइरहेका छन् उनीहरुलाई स्टोर क्लर्क, वेटर, मसाजर, सुरक्षा गार्ड, रिसेप्सनिस्ट, हेयर स्टाइलर र ड्राइभरजस्ता सेवा गर्ने वर्गमा सम्झिइन्छ । रेस्टुरेन्टमा खानपिन गर्ने, किनमेल गर्ने मास्कविहीन गहकलाई धनी सम्झिइन्छ।
अमेरिकामा करिब ५० प्रतिशत मानिसहरुले दुवै डोज भ्याक्सिन पाएका छैनन्। लुइ वुटोन, वेरिजोन, डिओर, टार्गेट, होम डिपो जस्ता कम्पनीले दुवै खोप लगाएका कर्मचारीलाई पनि मास्क अनिवार्य लगाउनुपर्ने नियम हटाएका छन्।
स्टारबक्सले पनि खोप लगाएका कर्मचारीलाई मास्क नलगाउन छुट दिएको छ। तर, पछिल्लो समय मास्क असमानताको प्रतीक बनेको छ । केही कर्मचारी मास्कका विषयमा ग्राहक र कर्मचारीलाई फरक फरक नियम दोहोरो मापदण्ड भएको बताउँछन्। उनीहरु यसलाई भेदभावपूर्ण भन्छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment