इटाली र स्पेनको खेल अतिरिक्त समयमा
काठमाडौं। युईएफए युरो २०२० फुटबलको फाइनलमा प्रवेशका लागि अहिले स्पेन र इटालीबीच प्रतिस्प्रधा भइरहेको छ। निर्धारित ९० मिनेटको समय १ १ गोलको बराबरीमा भएपछि खेल अतिरिक्त समयमा धकेलिएको छ।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा जारी खेलको निर्धारित ९० मिनेटको समय १ – १ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको छ।
पहिलो हाफ गोलरहित बरबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टिमले एक एक गोल गरेका हुन्।
इटालीका लागि फेडेरिको चियसाले खेलको ६० औं मिनेटमा गोल गर्दै इटालीलाई सुरुवाति अग्रता दिलाएका थिए। उनले स्पेनका दुई जना डिफेन्डरलाई छलाउँदै पेनाल्टी बक्स भित्र बाट उत्कृष्ट गोल गरेका थिए।
तर, परिवर्तन भएर मैदान प्रवेश गरेका अल्वारो मोराटाले गोल गर्दै स्पेनलाई १ – १ को बराबरी दिलाए। उनले डानि ओल्मोले दिएको सुन्दर पासमा गोल गरेका थिए।
प्रतिस्प्रधात्मक खेलमा दुवै टिमले गोल गर्ने केही अवसर बनाए पनि गोल गर्न भने सकेनन।
आज जित निकाल्दै दुवै टिम फाइनलमा स्थान पक्का गर्न चाहान्छन।
इटालीले क्वाटर फाइनलमा बेल्जियमलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो।
तीन पटकको च्याम्पियन स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गरेको थियो।







डिसी नेपाल







Facebook Comment