कपनबाट १० जना महिलासहित २९ जना जुवाडेलाई पक्राउ
सांकेतिक तस्वीर
काठमाडौं। प्रहरीले काठमाडौको कपनबाट १० जना महिलासहित २९ जना जुवाडेलाई पक्राउ गरेको छ। बुधबार विहान ३ बजेतिर कपनको एउटा घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनीहरुको साथबाट १४ लाख रुपैयाँ पनि बरामद भएको छ। कपनको सिमलटारस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले पुष्टि गरेका छन्।
यसअघि प्रहरीले चन्द्रागिरि नगरपालिकाबाट पनि जुवाडेहरु पक्राउ गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment