इंग्ल्याण्ड र डेनमार्कबीचको खेल अतिरिक्त समयमा
काठमाडौं। युईएफए युरो २०२० को दोस्रो समिफाइनलमा अहिले इंग्ल्याण्ड र डेनमार्कबीच प्रतिस्प्रधा भइरहेको छ।
वेम्बली स्टेडियममा जारी खेलको निर्धारित समय १ – १ गोलको बराबरी भएपछि खेले अतिरिक्त समयमा धकेलिएको छ।
डेनमार्कका लागि मिक्केल ड्याम्सगार्डले खेलको ३० औं मिनेटमा गोल गर्दै १ – ० को अग्रता दिलाएका थिए। ड्याम्सगार्डले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, खेलेको ३९ औ मिनेटमा आत्मघाती गोल उपहार पाएको इंग्ल्याण्डले १ – १ गोलको बराबरी बनाएको थियो।
दुवै टिम यो खेल जित्दै फाइनल पुग्न चाहान्छन।
इंग्ल्याण्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४–० गोलको सानदार जित निकाल्दै २५ वर्षपछि अन्तिम चारमा पुगेको हो।
डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो।







डिसी नेपाल







Facebook Comment