सन्दीप इंग्ल्यान्ड प्रस्थान

डिसी नेपाल
२४ असार २०७८ २३:२७

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न इंग्ल्यान्ड प्रस्थान गरेका छन् । सन्दीप बिहिबार टर्कीस एयरमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

इंग्ल्यान्ड पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने छ । सो अवधिमा दुई पटक पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र उनले सो प्रतियोगितामा खेल्न पाउने छन् । द हन्ड्रेड क्रिकेट प्रतियोगितामा सन्दीपले ओभलबाट खेल्ने छन् ।

द हन्ड्रेड प्रतियोगिता आगामी जुलाई २१ देखि शुरु हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *