धोनीको यही आइपिएल अन्तिम हुन सक्ने

डिसी नेपाल
२६ असार २०७८ १५:५९

काठमाडौं। चेन्नइ सुपरकिंग्सका कप्तान महेन्द्र सिंह धोनीको यही आइपिएल अन्तिम हुन सक्छ । टिमका मिडिल अर्डर ब्याट्सम्यान सुरेश रैनाले धोनीका बारेमा यस्तो खुलासा गरेका हुन् । रैनाका अनुसार यदि चेन्नइ सुपर किंग्सले यो सिजनको उपाधि जित्यो भने उनी धोनीलाई अर्को सिजन खेल्नका लागि मनाउन सक्छन् । तर, हारेको खण्डमा धोनीले आइपिएल २०२१ सकिएसँगै सन्यास लिन सक्छन् । धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट २०२० मै सन्यास लिइसकेका छन् ।

रैनाले न्यूज २४ सँग कुरा गर्दै यदि धोनी अर्को सिजन नखेले आफू पनि नखेल्ने बताए । २००८ देखि नै धोनीको साथमा खेल्दै आएका रैनाले धोनीको साथमै खेल्न छोड्ने बताए । यसअघि यी दुईले अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि साथमै सन्यास लिएका थिए । रैनाले आफू जहिलेसम्म क्रिकेट खेले पनि चेन्नइ सुपरकिंग्सकै साथमा खेल्ने बताए । आइपिएल २०२१ कोरोनाभाइरसका कारण स्थगित गरिएको छ । अहिलेसम्म भएका खेलमा चेन्नइ सुपरकिंग्स तेस्रो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *