ब्राजिलविरुद्धको फाइनल खेलमा अर्जेन्टिनालाई अग्रता

डिसी नेपाल
२७ असार २०७८ ६:३२
4.3k
Shares

काठमाडौं। ४७ औं संस्करणको कोपा अमेरिका फुटबलको उपाधिका लागि अहिले ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्प्रधा भइरहेको छ।

माराकाना स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा पाहुना टोलि अर्जेन्टिनाले १ – ० गोलको अग्रता लिएको छ।

एन्जिल डि मारियाले खेलको २२ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई महत्वपूर्ण सुरुवाती अग्रता दिलाएका हुन।

Image

रोड्रिगो डि पउलले उपलब्ध गराएको लङ पासमा गोल गर्दै डि मारियाले महत्वपूर्ण अग्रता दिलाएका हुन।

Image

पहिलो हाफको खेलमा दुवै टिमले गोलका लागि प्रयाप्त अवसर बनाउन सकेनन्। खेलमा दुवै टिमले डिफेन्सिभ खेल खेलिरहँदा एक अर्काविरुद्ध फउल भने धेरै देखिएको छ।

दुबै टिम यो खेल जित्दै उपाधि उचाल्न चाहान्छन।

Image

सेमिफाइनलमा ब्राजिलले पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

अर्जेन्टिनाले भने सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *