इंग्ल्याण्डलाई हराउँदै इटालीले जित्यो युरोकपको उपाधि

डिसी नेपाल
२८ असार २०७८ ३:५०
2.7k
Shares

काठमाडौं। घरेलु टोलि इंग्ल्याण्डलाई स्तब्ध पार्दै इटालीले युईएफए युरो २०२० को उपाधि जितेको छ।

वेम्बली स्टेडियममा आइतबार राति सम्पन्न खेलमा इंग्ल्याण्डलाई पेनाल्टीमा ३ – २ गोलले हराउँदै इटालीले दोस्रो पटक युरोकपको उपाधि हात पारेको हो।

निर्धारित ९० मिनेटको खेल १ – १ गोलको बराबरीमा सकियपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टिमबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा बाजी मार्दै इटालीले युरोकपको उपाधि हासिल गरेको हो।

Image

पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्डो बोनुची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे। आन्द्रे बेलोट्टी र जोर्गिन्हो गोल गर्न सकेनन्।

इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे। मार्कुस राषफोर्ड, जाडोन सान्चो र साका बाकुयोले गोल गर्न सकेनन्।

खेल पेनाल्टीमा जानु भन्दा पहिले १ – १ गोलको बराबरीमा सकिएको थियो।

खेलको सुरुवाती समय दोस्रो मिनेटमा नै लुक शको गोलमार्फत घरेलु टोलि इंग्ल्याण्डले १ – ० को अग्रता लिएको थियो। केईरन ट्रिपेएरको पासमा शले उत्कृष्ट गोल गर्दै घरेलु टोलिलाई महत्वपूर्ण अग्रता दिलाएका थिए।

उक्त गोल युरोकप फाइनलमा सबै भन्दा छिटो समयमा गरिएको गोल हो।

Image

तर, लियोनार्डो बोनुचीले दोस्रो हाफको ६७ औं मिनेटमा गोल गर्दै इटालीलाई १ – १ गोलको बराबरी दिलाए। रिबाउण्डमा प्राप्त बललाई हेडरमार्फत गोल गर्दै बोनुचीले इटालीलाई खेलमा फर्काएका थिए।

Image

पछिल्ला ३४ खेलमा अपराजित रहँदै इटाली दोस्रो पटक युरोकपको उपाधि हासिल गरेको छ। सन् १९६८ मा पहिलो पटक युरोकपको उपाधि जितेको इटालीले ५५ वर्षपछि युरो २०२० को उपाधि जित्न सफल भएको हो।

Image

सन् २००० र २०१२ का युरो संस्करणमा फाइनलसम्म पुगेर पराजय भोगेको इटालीले अन्तत १६ औं संस्करणको युरोमा उपाधि चुमेको हो।

Image

 

पहिलो पटक युरोकपको फाइनल पुगेको घरेलु टोलि इंग्ल्याण्ड भने उपाधि उचाल्न असफल रह्यो। इंग्ल्याण्डले सन् १९६६ मा घरेलु मैदान वेम्बलीमा घरेलु समर्थकमाझ विश्वकपको उपाधि जितेको थियो। त्यसपश्चातको यो फाइनल नै इंग्ल्याण्डको सबैभन्दा उच्च प्रर्दशन हो।

Image




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *