दोहोरो युरोकप जित्ने चौथो टोलि बन्यो इटाली

डिसी नेपाल
२८ असार २०७८ १०:४२
548
Shares

काठमाडौं। इटाली युरोकपको दोहोरो उपाधि जित्ने चौथो टिम बनेको छ। आइतबार राति इंग्ल्याण्डलाई हराएर युरो २०२० को उपाधि जितेसँगै इटाली युरोकप एक भन्दा बढी जित्ने चौथो टिम बनेको हो।

सन् १९६८ मा पहिलो पटक युरोकपको उपाधि जितेको इटालीले ५५ वर्षपछि युरो २०२० को उपाधि जित्न सफल भएको हो।

सन् २००० र २०१२ का युरो संस्करणमा फाइनलसम्म पुगेर पराजय भोगेको थियो।

हालसम्म १० टिमले मात्रै युरोकपको उपाधि जित्न सकेका छन। सबैभन्दा धेरै स्पेन र जर्मनलीले समान तीन पटक युरोकपको उपाधि जितेको छन।

स्पेनले सन् १९६४, २००८ र २०१२ को युरोकप जितेको थियो। यस्तै जर्मनीले तीन पटक १९७२, १९८० र १९९६ मा युरोकपको उपाधि जितेको थियो।

फ्रान्सले दुई पटक युरोकप जितेको छ। फ्रान्सले १९८४ र २००० को युरोकप जितेको थियो।

पोर्चुगल, ग्रीस, डेनमार्क, नेदरल्याण्ड्स, चेकास्लोभाकिया र सोभियत युनियनले एक एक पटक युरोकपको उपाधि हासिल गरेका छन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *