सबै देशमा चुनाव गराई महाधिवेशन प्रतिनिधि छान्न सभापति देउवाको निर्देशन

डिसी नेपाल
२८ असार २०७८ २०:५६

न्यूयोर्क, अमेरिका। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वाहिर रहेको आफ्नो भातृ संगठनका नेताहरुलाई आआफ्नो मुलुकमा निर्वाचन गराई प्रतिनिधि छान्न निर्देशन दिएका छन्। काँग्रेसको १४ औं महाधिवेशन सबैको सहभागितामा हुने भन्दै सभापति देउबाले जनसम्पर्क समितिका विश्वभरिका सभापतिहरुलाई पनि सबैलाई सहभागी गराएर आ आफ्नो मुलुकमा अधिवेशन गरी प्रतिनिधि चयन गर्न निर्देशन दिएका हुन्।

जुलाई ११ तारिखका दिन भर्चुअल माध्यमबाट भएको कार्यक्रममा सभापति देउवाले नेपाली नागरिकले मात्र काँग्रेसको महाधिवेशनमा प्रतिनिधि बन्न पाउने भएकाले विदेशी नगारिक भइसकेका जनसम्पर्कका नेताहरुलाई महाधिवेशनमा प्रतिनिधि बनाएर सहभागी गराउन अप्ठेरो परेको बताए। नेपाली नागरिकले मात्र महाधिवेशन प्रतिनिधि बन्न र जनसम्पर्क समितिको सभापति बन्न पाउने बैधानिक अप्ठ्यारोका बारे सभापति देउवाले भने, ‘नेपालको कानुन र संविधानका कारण हामीले हाम्रा साथीहरुलाई अधिवेशनमा सहभागी गराउन नसक्ने भयौं, यसका लागि म आफु पनि दुःखित छु, भोलिका दिनमा यो समस्या समस्या समाधानका लागि के गर्न सकिन्छ त्यसका लागि हामी गम्भीर भएर पहल गर्नेछौं।’

उनले विश्वभर छरिएर रहेका नेपाली जनसम्पर्क समितिहरुको योगदान र भूमिकाको पार्टीले सधैं सम्मान गर्ने बताए। जनसम्पर्क समितिका साथीहरुले अवैतनिक राजदूतको रुपमा काम गरिरहेको भन्दै आभार समेत व्यक्त गरे।

‘तपाईंहरुले वर्तमान परिस्थितिमा ओली सरकारले भन्दा बढी योगदान र काम गर्नु भएको छ’ कोभिड रोकथाम र उपचारका लागि पार्टीको आव्हानमा भएको आर्थिक सहयोग संकलन अभियानका दाता र एनआरएन समुदायलाई धन्यवाद दिन आयोजित आइतवारको कार्यक्रममा सभापति देउवाले भने।

सभापति देउवाको भनाइ थियो, ‘ओली सरकारलाई आफ्ना नागरिक मरुन् कि बाँचुन् कुनै मतलब छैन, यस्तो विषम परिस्थितिमा पार्टीको आव्हानमा तपाईंहरुले जसरी सहयोग गर्नुभयो त्यसका लागि म आभार र धन्व्याद व्यक्त गर्दछु।’

कार्यक्रममा अनुगमन समितिका सदस्यसमेत रहेका काँग्रेस नेता एन पी साउदले जनसम्पर्क समितिले अधिवेशन गरेर प्रतिनिधि छनौट गर्न आग्रह गरेका थिए।
कार्यक्रमको समन्वय नेपाली काँग्रेसका सह महामन्त्री एवं कोभिड १९ अनुगमन समितिका संयोजक डाक्टर प्रकाशसरण महतले गरेका थिए। उनले पार्टीको आव्हानमा विश्वभरका जनसम्पर्क समिति र एनआरएनका साथीहरुले गरेको सहयोगको पार्टीले उच्च मूल्यांकन गरेको भन्दै आभार व्यक्त गरे।

जनसम्पर्क समितिको अप्ठ्यारो गाँठो फुकाउने विषयमा आफुहरुले गरेको प्रयास नेपालको कानुन र संविधानसंग बाझिने भएकोले सम्भव नभएकोले सबैलाई यो समस्या बुझेर अघि बढ्न आग्रह गरेका थिए।

जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले पार्टी सभापति शेरबहादुर देउवाको परिपत्र र पार्टीको कोभिड १९ अनुगमन समितिको समन्वयमा विश्वभरका जनसम्पर्क समितिबाट एक करोड बत्तीस लाखभन्दा बढी रकम संकलन गरी पार्टीलाई पठाएको जानकारी कार्यक्रममा गराएका थिए। विष्टले नै आर्थिक संकलनको संयोजकको भूमिका निर्वाह गरेका थिए। विष्टले अमेरिकाको तर्फबाट मात्र पार्टी कोषमा ४८ लाख रुपैयाँ जम्मा गरेको जानकारी गराए।

पार्टी कोषमा जम्मा गरिएको रकम मध्ये करीब ६१ लाख रुपैंयाको अक्सिजन कन्सर्नट्रेटर खरीद गरी कोरोना अधिक प्रभावित जिल्लामा वितरण गरिएको कार्यक्रममा जनकारी दिइयो। हरेक जिल्लामा आवश्यकता अनुसार स्वास्थ्य सामग्री वितरण गर्दै जाने पार्टीको नीति अनुसार बाँकी रकम कोरोना उपचार र सहयोगका लागि नै खर्च गरिने जानकारी कोभिड अनुगमन समितिका संयोजक सहमहामन्त्री डाक्टर महतले गराएका थिए।

कार्यक्रममा नेपाली जनसम्पर्क समन्वय विभाग प्रमुख एवं काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईसहित विश्वका सबै देशका जनसम्पर्क समितिका सभापति र कांग्रेस निकट एनआरएनका प्रतिनिधिहरुको सहभागिता थियो।

कुन कुन दिनबाट कति उठ्यो ?

१. नेपाली जनसम्पर्क समिति,अमेरिका : रु. ४८,००,०००.००
२. नेपाली जनसम्पर्क समिति,जापान : रु. ११,६७,५०९.००
३. नेपाली जनसम्पर्क समिति,जर्मनीः  रु. ,०,२१२.००
४. नेपाली जनसम्पर्क समिति,बेल्जियमः रु. ७,७५,०००.००
५. नेपाली जनसम्पर्क समिति,बेलायतः रु. ६,५५,०००.००
६. नेपाली जनसम्पर्क समिति, साइप्रसः रु. ५,४१,६६८.००
७. नेपाली जनसम्पर्क समिति,पोर्चुगलः रु. ४,५३,५३४.००
८. नेपाली जनसम्पर्क समिति,कोरियाः रु. ४,३९,६५५.००
नेपाली जनसम्पर्क समिति, हङकङगः रु. ४,२२,६२३.००
१०. नेपाली जनसम्पर्क समिति, कतारः रु. ३,५०,०००.००
११. नेपाली जनसम्पर्क समिति,युएइः रु. ३,५०,०००.००
१२. नेपाली जनसम्पर्क समिति,डेनमार्कः रु. ३,२७,२२७.५५
१३. नेपाली जनसम्पर्क समिति, स्पेनः रु. २,६२,०३२.००
१४. नेपाली जनसम्पर्क समिति,अष्ट्रेलियाः रु. २,३२,३२३.००
१५. नेपाली जनसम्पर्क समिति,नर्वेः रु. २,१५,०००.००
१६. नेपाली जनसम्पर्क समिति,आयरल्याण्डः रु. २,००,०००.००
१७. नेपाली जनसम्पर्क समिति,क्यानडाः रु. २,००,०००.००
१८. नेपाली जनसम्पर्क समिति,साउदी अरबः रु. २,००,०००.००
१९. नेपाली जनसम्पर्क समिति,कुबेतः रु. १,५०,०००.००
२०. नेपाली जनसम्पर्क समिति,बहराइनः रु. १,१५,०००.००
२१. नेपाली जनसम्पर्क समिति,इजरायलः रु. १,००,०००.००
२२. नेपाली जनसम्पर्क समिति,मलेशियाः रु. १,००,०००.००
२३. नेपाली जनसम्पर्क समिति,फ्रान्सः रु. १,००,०००.००
२४. नेपाली जनसम्पर्क समिति,ओमनः रु. १,००,०००.००
२५. नेपाली जनसम्पर्क समिति,स्वीट्जरल्याण्ड रु. १,००,०००.००
२६. नेपाली जनसम्पर्क समिति,न्यूजिल्याण्डः रु. ५०,०००.००
२७. नेपाली जनसम्पर्क समिति,माल्टाः रु. ५०,०००.००
जम्मा ने.रु.१,३२,३४,७८३.५५ (अक्षेरुपीः एक करोड बत्तीस लाख चौतिस हजार सात सय त्रियासी रुपैयाँ र पचपन्न पैसा)।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *