पाकिस्तानमा चिनियाँ इन्जिनियर र सेनासहितको बसमा विष्फोट, कम्तीमा ८ को मृत्यु

डिसी नेपाल
३० असार २०७८ १३:२७
352
Shares

काठमाडौं। पाकिस्तानको खैबर पख्तुनख्या प्रान्तको अपर कोहिस्तान जिल्लामा दासु जलविद्युत प्लान्ट नजिकै बुधबार एक बसमा विष्फोट हुँदा चिनियाँ इन्जिनियरहरुसहित कम्तीमा ८ जनाको मृत्यु भएको छ । अपर कोहिस्तानका डेप्युटी कमिश्नर आरिफ खान युसुफजाइले पाकिस्तानी अखबार डनसँग कुरा गर्दै घटना बिहान करिब साढे ७ बजे भएको बताए ।

उनका अनुसार चिनियाँ इन्जिनियर, सेनाका जवान र अन्य कामदारहरु गरी ३० जनालाई लिएर बर्सिन क्याम्पबाट जलविद्युत प्लान्ट क्षेत्रमा गइरहेको बसमा विष्फोट भएको हो । विष्फोटको कारण प्रस्ट भइनसकेको उनले बताए । घटनास्थल सुरक्षाकर्मीले नियन्त्रणमा लिएको र घाइतेहरुलाई अपर कोहिस्तान जिल्ला अस्पताल लगिएको उनले बताए । एक बरिष्ठ पुलिस अधिकारीका अनुसार घटनास्थल क्षेत्रमा मोवाइल नेटवर्कको कभरेज छैन जसका कारण त्यहाँबाट सूचना प्राप्त गर्न कठिनाइ भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *