पाकिस्तानविरुद्धको टी–ट्वान्टी सिरिजका लागि इंग्ल्यान्ड टिमको घोषणा

डिसी नेपाल
३० असार २०७८ १७:४६

काठमाडौं । घरेलु टिम इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिजका लागि टिमको घोषणा गरेको छ ।

इंग्ल्यान्डले इयोन मोर्गनको कप्तानीमा १६ सदस्सीय टिमको घोषणा गरेको हो । मोर्गन पाकिस्तानविरुद्धको एकदिवसीय सिरिजमा टिममा थिएनन् । बेन स्टोक्सको कप्तानीमा रहेको इंग्ल्यान्डले एकदिवसीय सिरिज क्लिन स्विप गरेको थियो ।

श्रीलंकाविरुद्धको सिरिज खेल्ने टिमका ३ खेलाडी र स्टाफसहित ७ जनामा कोरोना भाईरसको संक्रमण देखिएपछि मोर्गन लगायतका खेलाडी सेल्फ आईसोलेसनमा बसेका थिए । इंग्ल्यान्ड घोषणा गरेको टिममा बेन स्टोक्स परेका छैनन् । जासन रोय, जोनी बेयरस्टो, मोइन अली, जोस बट्लरले कमब्याक गरेका छन् ।

इंग्ल्यान्डले पाकिस्तानसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । पहिलो खेल शुक्रबार हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *