बिल गेट्सले भने ‘मेलिन्डासँग सम्बन्धविच्छेद हुनुमा म मात्र जिम्मेवार, मेरो मात्र गल्ती’

डिसी नेपाल
३१ असार २०७८ ११:४१
228
Shares

काठमाडौं। माइक्रोसफ्टका संस्थापक बिल गेट्सले मेलिन्डासँग आफ्नो सम्बन्धविच्छेद हुनुमा आफैं जिम्मेवार भएको स्वीकार गरेका छन् । अमेरिकाको इडाहोमा सन भ्याली कन्फ्रेन्समा सहभागी हुन गएका गेट्सले त्यहाँ आफ्नो निजी जीवनका बारेमा कुरा गरेका थिए । यो कन्फ्रेन्समा बिल गेट्स, वारेन बफेट, जेफ बेजोस, मार्क जुकरबर्ग लगायत संसारका कैयौं ठूला अर्बपति व्यवसायीहरु सहभागी भएका थिए ।

न्यूयोर्क पोस्टको एक रिपोर्टअनुसार सन भ्यालीमा हुँदा गेट्सले सम्बन्धविच्छेदको लागि केवल आफू जिम्मेवार भएको र केवल आफ्नो गल्ती भएको बताए । गेट्सले गएको मे महिनामा मेलिन्डासँगको २७८ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका थिए । रिसोर्टमा उपस्थित रहेका एक प्रत्यक्षदर्शीले न्यूयोर्क टाइम्ससँग भने ‘त्यतिबेला गेट्स लगभग रुन लागेजस्तै भएका थिए । उनी निकै भावुक पनि थिए ।’

गेट्सले कन्फ्रेन्समा सीएनबीसीका होस्ट बेकी क्विकसँग अफ र रेकर्ड प्रश्नोत्तरको सत्रमा यी कुरा भनेका थिए । उनले आफ्नो सम्बन्धविच्छेद र मेलिन्डासँगको सम्बन्धबारे खुलेर कुरा गरे । तर, आफ्नो कुनै अफेयरबारे भने केही भनेनन् । गेट्सले मे महिनामा मेलिन्डासँग छुट्टिने घोषणा गरेसँगै उनीमाथि कैयौं आरोप लागेका थिए । त्यसपछि उनका कैयौं सम्बन्धहरुबारे पनि खुलासा भएका थिए ।

उनकी गर्लफ्रेण्ड जेफ्री एपिस्टनसँग उनको कथित सम्बन्ध र वर्षमा एक पटक गोप्य पिकनिकमा जाने कुरा त थिए नै यसबाहेक माइक्रोसफ्टमै कर्मचारीहरुसँग सम्बन्धका बारेमा पनि कैयौं दावी गरिएका थिए । सम्बन्धविच्छेदको घोषणापछि सबैभन्दा पहिले डेली बीस्टले दावी गरेको थियो कि घोषणाअघि गेट्सले म्यानहटनमा गर्लफ्रेण्ड जेफ्रीलाई भेटेका थिए र जेफ्रीले नै सम्बन्धविच्छेदको सल्लाह दिएकी थिइन् । त्यसपछि वाल स्ट्रिट जर्नलले अफेयरको खुलासा भएपछि माइक्रोसफ्ट बोर्डले गेट्सले पद छोड्नुपर्ने निर्णय गरेको दावी गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *