मेस्सी आधा तलबमा पाँच वर्ष बार्सिलोनामै बस्न तयार

डिसी नेपाल
३१ असार २०७८ १८:५०
496
Shares

काठमाडौं (बीबीसी) । लियोनेल मेस्सी पहिलेको भन्दा आधा तलबमा सन् २०२६ को अन्त्यसम्म बार्सिलोना फुटबल क्लबबाट खेल्न सहमत भएका छन्।

तर यो घोषणाको कार्यान्वयनका लागि बार्सिलोनाले मेस्सीको तलब जुटाउन केही खेलाडीहरू छोड्नुपर्ने हुन्छ। जुन ३० मा उनको वार्षिक तलब १२ करोड ३० लाख पाउन्ड भनिएको सम्झौता समाप्त भएपछि उनी क्लबविहीन भएका थिए।

आर्जेन्टिनाका लागि कोपा अमेरिका २०२१ जिताएपछि उनी अहिले बिदामा छन् र सम्झौताका प्रावधानहरूलाई अन्तिम रूप दिन बाँकी नै छ। नयाँ अध्यक्ष जोन लापोर्टाले मेस्सीसँग सम्झौता गर्नु आफ्नो प्रमुख लक्ष्य भएको बताएका थिए।

बार्सिलोनाले खेलाडीहरूलाई दिने कुल तलब घटाउन एन्टोनी ग्रिजम्यानलाई एट्लेको म्याड्रिडका साउल निगुयजसँग साट्न खोजिरहेको छ। बार्सिलोनाले कम नाम चलेका तीन खेलाडीलाई बेचिसकेको छ। तथापि मेस्सीको तलब जुटाउन केही नाम चलेका खेलाडीहरू बेच्नुपर्ने आवश्यकता छ।

स्पेनको ला लिगामा कुनै पनि क्लबले खेलाडीको तलबमा खर्च गर्न पाउने कुल रकमको सीमा तोकिएको छ। मेस्सी प्यारिस साँ जेर्माँ वा म्यान्चेस्टर सिटी वा अमेरिकाको मेजर लीग सकर खेल्न जान सक्ने चर्चा चलेको थियो।

मेस्सीले बार्सिलोनाका लागि खेल्दै सबैभन्दा बढी ६७२ गोल गरेका छन् भने १० ला लिगा, चार च्याम्पियन्स लीग र सात कोपा डेल रेज जिताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *