पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको निधन

डिसी नेपाल
३१ असार २०७८ १९:००
36
Shares

कराँची । पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको बुधवार कराँचीमा निधन भएको छ । लामो समय बिरामी रहेका उनको ८० वर्षको उमेरमा निधन भएको हो ।

पाकिस्तान मुस्लिम लिग (पीएमएल) को तर्फबाट राष्ट्रपति बनेका हुसेनले सन् २०१३ देखि सन् २०१८ सम्म पाकिस्तानको १२ औं राष्ट्रपतिको रूपमा सेवा गरेका थिए । उनीपछि पाकिस्तानी राष्ट्रपतिमा आसिफ अली जरदारीले १३ आँै पाकिस्तानी राष्ट्रपति रूपमा काम गरेका थिए ।

गत वर्ष फेब्रुअरीमा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो भने केही दिनदेखि उनलाई कराँचीको एक निजी अस्पतालमा उपचार चलिरहेको थियो । उनको उपचारका क्रममा निधन भएको हो ।
हुसेनका श्रीमती र तीन छोरा छन् ।

राष्ट्रपति आरिफ अल्वीले हुसेनको निधनमा दुःख व्यक्त गर्दै शोक व्यक्त गरेका छन् । उनले उनको परिवारको पीडा पनि साझा बताएका छन्।

पीएमएल–एनका राष्ट्रपति शहबाज शरीफले पनि हुसेनको मृत्युमा दुःख व्यक्त गरेका छन् । उनको शोक सन्देशमा भनिएको छ, “हामीले अहिले पाकिस्तानलाई माया गर्ने एक असल व्यक्तित्वलाई गुमाएका छौँ ।”

त्यसैगरी पीएमएल–एन का अध्यक्ष सेहबाज शरीफ, पाकिस्तानी सेनापति कमार जावेद बाजवालगायत पाकिस्तानी उच्च पदस्थ अधिकारीले हुसेनको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।

अल्लाहले उनको आत्माको मुक्तिको लागि कामना गर्नुभएको छ साथै शोक सम्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै उनको निधन पाकिस्तानको लागि अपूरणीय क्षति भएको उनीहरूले बताएका छन् ।

“अल्लाहले उहाँको आत्मालाई आशिष् दिऊन् र शोक सन्तप्त परिवारजनमा यो अपूरणीय क्षतिलाई सहनको लागि बल दिऊन्,” बाजवालाई उद्धृत गरी आईएसपीआरले लेखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *