टी–ट्वान्टी विश्वकपको समूह विभाजन, भारत र पाकिस्तान एउटै समूहमा

डिसी नेपाल
१ साउन २०७८ १६:४९

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको समूह विभाजन गरिएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार विश्वकपको समूह विभाजन गरेको हो । आईसीसीले सार्वजनिक गरेको समूह विभाजनमा भारत र पाकिस्तान एकै समूहमा परेका छन् ।

सुपर–१२ मा रहेका भारत र पाकिस्तान समूह ‘२’ मा परेका छन् । यस समूहमा न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो राउण्डका दुई टिमले स्थान बनाउने छन् । पहिलो राउण्डको समूह ‘बी’ विजेता र समूह ‘ए’ को उपविजेता यस समूहमा रहने छन् ।

यस्तै समूह ‘१’ इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका,वेस्ट इन्डिज रहेका छन् । पहिलो राउण्डको समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता यस समूहमा रहने छन् । युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *