अफागन सेना र तालिबानको भिडन्तमा परी रोयर्टसका पत्रकार दानिस मारिए
नयाँ दिल्ली (एजेन्सी)। अफगान सुरक्षा बल र तालिबान लडाकुबीच भएको भिडन्तमा परी अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका पत्रकार दानिस सिद्दिकी मारिएका छन्। अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्र स्पिन बोल्डक सहरमा भएको संघर्षमा भारतीय पत्रकार दानिसको मृत्यु भएको रोयर्टसले पुष्टि गरेको छ।
फोटो पत्रकारितामा पुल्तिजर पुरस्कार विजेतासमेत रहेका दानिस अफगान सुरक्षा फौजसँगै तालिबानसँगको संघर्ष कभरका लागि गएका थिए।
पत्रकार दानिसले नेपालको भूकम्प, ईराक युद्ध र रोहिंग्या शरणार्थी समस्याको पनि कभर गरेका थिए। रोहिंग्या शरणार्थी कभर गरेपछि उनलाई २०१८ मा पुल्तिजर पुरस्कार दिइएको थियो। दासिन भारतको मुम्बईका हुन्। भारतस्थि रोयर्टसको मल्टिमिडिया शाखाका उनी प्रमुख थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment