ह्वाट्सएपले २ महिनामा नियम उल्लंघन गर्ने २० लाखभन्दा धेरै भारतीय खाता ब्लक गरिदियो

डिसी नेपाल
२ साउन २०७८ १०:२६
128
Shares

काठमाडौं। ह्वाट्सएपले मे र जून महिनामा नियम उल्लंघन गर्ने २० लाखभन्दा धेरै भारतीय खाताहरु ब्लक गरेको बताएको छ । कम्पनीका अनुसार ब्लक भएकामध्ये ९५ प्रतिशत खाताहरु भारतमा कुनै म्यासेज फरवार्ड गर्ने निर्धारित पटकभन्दा धेरैपटक म्यासेज फरवार्ड गरेका कारण ब्लक भएका छन् । भारतको विवदित नयाँ आइटी रुलअन्तर्गत कम्पनीले यो तथ्यांक सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।

भारत ह्वाट्सएपको सबैभन्दा ठूलो बजार हो जहाँ यसका ४० मिलियन प्रयोगकर्ता छन् । ह्वाट्सएपले भारतमा आफ्नो मुख्य प्राथमिकता मानिसहरुलाई हानीकारक म्यासेज ठूलो परिमाणमा फैलाउन नदिनु आफ्नो मुख्य प्राथमिकता भएको बताएको छ । ह्वाट्सएपले विश्वभरीमा हरेक महिना ८ मिलियन खाताहरुमा प्रतिबन्ध लगाउँछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *