शुक्रबार हराएको रुसी यात्रुवाहक विमान साइबेरियामा भेटियो, सबै यात्रु जीवित बाँच्न सफल
काठमाडौं। शुक्रबार अचानक एयर ट्राफिक कन्ट्रोलको राडारबाट हराएको रुसी यात्रुवाहक विमान साइबेरियामा भेटिएको छ । विमानका पाइलटले विमानको ‘हार्ड ल्याण्डिङ’ गरेर यात्रुहरुलाई बचाएका थिए । रुसको आकस्मिक मन्त्रालयलाई उद्धृत गर्दै अल जजीराले जनाएअनुसार विमानमा भएका सबै १९ जना यात्रु जीवित बाँच्न सफल भएका छन् ।
सिला कम्पनीले संचालन गरिरहेको यो विमान शुक्रबार केद्रोभीबाट तोम्स्कको लागि उडेका बेला हराएको थियो । पछि यसको खोजीका लागि हेलिकप्टर परिचालन गरिएको थियो र हेलिकप्टरबाटै यो विमान देखिएको थियो । आकस्मिक मन्त्रालयका अनुसार सबै १९ जना यात्रु जीवित बचेका छन् र उनीहरुलाई त्यहाँबाट शहरको अस्पताल ल्याउने काम भइरहेको छ । रुसमा अर्को सानो एयरक्राफ्ट एएन–२६ दुर्घटना भएर सबै २८ जनाको मृत्यु भएको २ हप्ता नबित्दै यो घटना भएको हो ।







डिसी नेपाल







Facebook Comment