प्रेमिकाको लागि पिताले आफ्ना २ बच्चालाई १५ तला माथिबाट फ्याँकिदिए
काठमाडौं। चीनमा एक पिताको रक्षसी व्यवहारको खुलासा भएको छ । यी पितामाथि आफ्नै २ बच्चाको हत्या गरेको आरोप लागेको छ । यो हत्याकाण्डले चीनको इन्टरलेटमा हल्लाखल्ला भएको छ । यी व्यक्तिले आफ्नी प्रेमिकालाई खुसी पार्न आफना २ बच्चालाई मारेका थिए ।
२ नोभेम्बर २०२० मा चोंगकिंगको एउटा भिडियो भाइरल भएको थियो । भिडियोमा एउटा आवासीय भवनको १५ औं तलाबाट २ दिदीभाइ खसेको देख्न सकिन्छ । १५ औं तलाबाट खसेपछि उनीहरु दुवैको मृत्यु भयो । बच्चाहरुलाई हेर्नको लागि उनीहरुका पिता बिल्डिङबाट दौडिँदै बाहिर आए । लाशछेउमा पिता जोडजोडले रुन थाले । मानिसहरुलाई बच्चाहरु खेल्दाखेल्दै दुर्घटनावश खसेको भन्ने लाग्यो ।
अनुसन्धानपछि भने अर्कौ खुलासा भएको छ । अनुसन्धानमा बच्चाहरु दुर्घटनावश खसेको नभइ उनीहरुलाई १५ तला माथिबाट तल फ्याँकिएको खुलासा भएको छ । ग्लोबल टाइम्सका अनुसार बच्चाहरुलाई उनीहरुका पिता र उनकी प्रेमिकाले षड्यन्त्रपूर्वक तल फ्याँकेका थिए । बच्चाहरुको पिताको नाम झांग हो । उनले आफ्नी प्रेमिकालाई खुसी पार्नको लागि बच्चाहरुलाई तल फ्याँकेका थिए ।
झांग र चेनले २०१७ मा बिहे गरेका थिए । त्यसपछि उनीहरुले २०१८ मा छोरी र २०१९ मा छोरा जन्माएका थिए । २०१९ मा झांगले चेनसँग सम्बन्धविच्छेदको लागि निवेदन दिए । उनको अर्की महिलासँग सम्बन्ध थियो । झांगले प्रेमिकासँग आफू विवाहित भएको कुरा लुकाए । अगष्टमा उनी प्रेमिकासँग बस्न थाले । २०१९ को अन्त्यमा भने प्रेमिकाले झांगका छोराछोरी भएको थाहा पाइन् तर झांगसँग बस्न जारी राखिन् ।
२०२० को फेब्रुअरीमा झांग र चेनले सहमतिमै सम्बनधविच्छेद गरे । उनीहरुबीच ६ वर्षको उमेरसम्म आफ्ना छोराछोरीलाई साथमा हुर्काउने सहमति भयो । तर, यो कुरा झांगकी प्रमिकालाई मन परेको थिएन । प्रमिकालाई खुसी पार्नको लागि झांगले आफ्ना दुवै बच्चालाई बिल्डिङबाट तल फ्याँकिदिए । पुलिसका अनुसार यो षड्यन्त्रमा झांगकी प्रेमिका पनि सहभागी भएको पाइएको छ ।







डिसी नेपाल







Facebook Comment