सूर्य नेपालद्वारा कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा ५० लाखको सहयोग

डिसी नेपाल
४ साउन २०७८ २०:३०
36
Shares

काठमाडौं। सूर्य नेपाल प्रा.लि.ले तनहुँका शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका को ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’ मा क्रमश रु. तीस लाख र रु. बीस लाख गरी जम्मा रु. ५० लाख रुपंैयाको सहयोग गरेको छ। सोमबार एक कार्यक्रमको बिच सूर्य नेपाल प्रा.लि.को शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका छन्।

कारखाना प्रबन्धक कार्कीले सूर्य नेपाल प्रा.लि.ले यस क्षेत्रमा गर्दै आएको बिभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने बताए। कम्पनीको मानब संसाधन विभागका अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालिन बिकासका लागि स्थानीयसँग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल प्रा.लि. सदैव तयार रहेको जानकारी दिए।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका प्रमुख, उप–प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतहरुले सूर्य नेपाल प्रा. लि ले यस क्षेत्रको सामाजिक आर्थिक बिकासमा गरेको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्तै प्रकारको सहयोगको अपेक्षा समेत गरे।

सूर्य नेपाल प्रा.लि.ले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका तनहूँको ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’ मा रु. दश लाख तथा सात वटै प्रदेशमा कोभिड विरुद्धको लडाईंमा सहयोग पर्याउन रु. एक–एक करोड रकम प्रदान गरेको थियो।

सूर्य नेपाल प्रा.लि.ले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ। कम्पनीले गत आ.व. मा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १–१ थान एम्बुलेन्स प्रदान गरेको थियो। त्यस्तै कोभिड–१९ को रोकथाम तथा उपचारका लागि यस क्षेत्रका बिभिन्न अस्पतालहरु तथा स्थानियबासीहरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरी कोभिड–१९ को महामारी बिरुद्धको लडाईंमा सहयोग गर्दै आइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.