विश्वकै अग्लो उचाईमा फेशन शो हुँदै

डिसी नेपाल
५ साउन २०७८ १५:४७
216
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा विश्वको सबैभन्दा उचाइमा ‘माउण्ट एभरेष्ट फेशन रनवे’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । नेपालसहित विश्वका विभिन्न देशका सेलिब्रेटी मोडल सहभागी हुने उक्त शो आगामी असोज ६ गते (२२ सेप्टेम्बर) विश्वकै अग्लो सगरमाथा कालापत्थर क्षेत्रमा आयोजना हुने भएको हो ।

के फिल्मस् र एमई टू फिल्मस्को सहकार्यममा कार्यक्रम आयोजना हुने आयोजकले जानकारी दिएका छन् । ‘फेशन रन वे’को पहिलो संस्करण गत वर्ष २०७६ पुस—माघमा आयोजना भएको थियो । जुन कार्यक्रमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट विश्व कीर्तिमानको उपाधि प्राप्त गरेको थियो ।

यस वर्ष पनि कार्यक्रमलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड गराउने आयोजकको योजना छ । जसमा कार्यक्रमका अतिरिक्त सहभागी दुई सय जनाले समेत व्यक्तिगत रुपमा वल्र्ड रेकर्ड दर्ता गराउने छन् ।

‘फेशन रन वे’बारे जानकारी दिन सोमबार काठमाडौंमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिईओ)डा.धनन्जय रेग्मीले नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रर्वद्धनका लागि बोर्डले छुट्टाछुट्टै योजना अघि सारेको सन्र्दभमा यो कार्यक्रमले नेपालको पर्यटनमा नयाँ आयाम थप्ने बताए ।

उनले विश्वसमुदायले नेपाललाई मौसमी (सिजनल) पर्यटकीय गन्तव्यका रूपमा बुझ्ने गरेको भन्दै असोजमा आयोजना गरिने यो कार्यक्रमले नेपाल सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्य हो भन्ने सन्देश दिने बताए ।

कार्यक्रममा ग्लोबल आइएमई बैंकका सिईओ रत्नराज बज्राचार्यले यस प्रकारका कार्यक्रमले नेपालको पर्यटनलाई अन्तरराष्ट्रिय समुदायमा परिचित गराउन थप सहयोग पुग्ने बताए । के फिल्मस्का प्रमुख कार्यकारी अधिकृत पङ्कज के गुप्ताले विश्वकै सबैभन्दा उचाइमा गरिने यो कार्यक्रमले दिगो पर्यटनको अवधारणालाई आत्मसात गरेको र यसले विश्वको ध्यान खिच्ने बताए ।

फेशन डिजाइनर रमिला नेम्कुलले यो कार्यक्रम नेपालको गौरव भएको र यसमा नेपालका मौलिक पहिरनहरुलाई आवश्यक्ता अनुसार परिमार्जन गरि प्रस्तुत गरिने बताइन् ।

कोरोनाको कहरमा पनि स्वास्थ्य मापदण्डको पालना गरि अन्तरराष्ट्रिय सेलिब्रेटीलाई नेपाल ल्याइने गरी कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रमको भारतका एमई टू फिल्म्सका सञ्चालक तथा रियालिटि शो निर्देशक श्रुति आनन्दिता वर्मा र अमिताभ एस वर्माले निर्देशन गर्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.