नेप्सेमा सामान्य गिरावट हुँदा झण्डै ८ अर्बको कारोबार

डिसी नेपाल
५ साउन २०७८ १५:४०
64
Shares

काठमाडौं। साताको तेस्रो दिन सेयर बजार परिसूचक नेप्से सामान्य अंकले करेक्सन भएको छ। मंगलबार नेप्से ९.०१ अंकले घटेर २९८५.५७ विन्दुमा बन्द भएको छ। यसअघि आइतबार एकै दिन नेप्से ९७.२१ अंक र सोमबार १३.८० अंकले बढेको थियो। तर, साताको तेस्रो दिन भने नेप्से झिनो अंकले करेक्सन भएको हो।

आज समूहगत हिसाबमा व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी तथा प्रशोधन र म्युचुअल फण्डबाहेक सबै उपसमूहका परिसूचक घटेका छन।

यस दिन कारोबार रकममा पनि घटेको छ। मंगलबार २ सय १९ कम्पनीको कूल सात अर्ब ८९ करोड बराबरको कारोबार भएको छ।

आज सबैभन्दा धेरै लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्युटी फण्डको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। बरुण हाइड्रो र माउण्टेन हाइड्रोका लगानीकर्ताले पनि क्रमशः प्रतिकित्ता ९.३९ र ९.२८ प्रतिशतका दरले सेयर बढेको छ।
यस्तै मंगलबार सबैभन्दा धेरै आईसीएफसी फाइनान्स कम्पनीको डिबेन्चरका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ६.१७ प्रतिशतका दरले गुमाएका छन्।

यस दिन अरुण काबेली पावर लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ। उक्त कम्पनीको ३८ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.