दोहोरो अंकले बढेको सेयर बजारले पार गर्योे तीन हजार विन्दु
काठमाडौं। साताको अन्तिम कारोबारका दिन बिहिबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। बिहीबार नेप्से १८.७ अंकले वृद्धि भई ३ हजार ४ अंकमा बन्द भएको छ। यो सँगै सेयर बजारले ३ हजारको मनोवैज्ञानिक विन्दु नाघेको छ।
यस दिन परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। बिहीबार कुल ११ अर्ब ११ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ।
समूहगत हिसाबमा बिहीबार बैंकिङ ३५, जलविद्युत २४, फाइनान्स ३८ र निर्जीवन बीमा ३८ अंक, ब्यापार ८२, होटल तथा पर्यटन १५, विकास बैंक १४, उत्पादन २१, अन्य ११, माइक्रोफाइनान्स १२ र जीवन बीमा समूह ३८ अंकले घटेका छन्।
यस दिन ङादी ग्रुप र सिइडिबी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। पोखरा फाइनान्स र माउन्टेन हाइड्रोको मूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढेको छ।
Facebook Comment