सबै क्लब सहिद स्मारक ए डिभिजन लिग खेल्न तयार
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार सहिद स्मारक ए डिभिजन लिग खेल्ने क्लबसँग छलफल गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आगामी असोज ३ गते शुरु हुने ए डिभिजन लिगबारे छलफल भएको हो। छलफलमा सबै क्लबले लिग खेल्न प्रतिबद्धता जनाएका छन् । तर, खेलाडीको स्वास्थ्य र सुरक्षामा चिन्ता व्यक्त गरेका छन् ।
ब्रिगेड ब्वाइज क्लबका अध्यक्ष लाल कुमार पुनले लिग खेल्ने क्रममा खेलाडीको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताए।

थ्री स्टार क्लबका महासचिव सन्जिब शिल्पकारले एन्फालाई बुझाएको पुरानो ज्ञापन पत्र लिग रोक्नको लागि नभई यसलाई बढी व्यवस्थित बनाउन भएको बताए। छलफलमा अन्य क्लबका अध्यक्ष तथा पदाधिकारीले पनि खेलाडीको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताए।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले कुनैपनि हालतमा लिग आयोजना गर्ने र त्यसका लागि सरकारसँग अनुमति मागेर सबै स्वास्थ्य मापदण्डलाई पूरा गरिने जानकारी दिएका छन्।








डिसी नेपाल







Facebook Comment