आइपीएलका बाँकी खेल सेप्टेम्बर १९ बाट सुरु हुने
काठमाडौं । युएईमा आयोजना हुने ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु सेप्टेम्बर १९ बाट सुरु हुने भएको छ ।
बीसीसीआईले आइतबार एक विज्ञप्ति जारी गर्दै आईपीएलको बाँकी खेलहरु १९ सेप्टेम्बरबाट सुरु हुने जनाएको छ । १९ सेप्टेम्बरमा मुम्बई इण्डियन्स र चेन्नई सुपरकिंग्सबीच खेल हुनेछ । फाइनल खेल अक्टोबर १५ मा हुने बीसीसीआईले जनाएको छ ।
बीसीसीआईले २७ दिनमा बाँकी ३१ खेलहरु सकिने जनाएको छ । खेलहरु दुबई, आबुधाबी र सारजाहमा हुनेछ । कोरोना भाईरसको दोस्रो लहरको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको थियो।
प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment