गौरिका सिंहले टोकियो ओलपम्पिकमा आफ्नै राष्ट्रिय कीर्तिमान तोडिन्
काठमाडौं। नेपालकी पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय कीर्तिमान बनाएकी छन्। उनले बुधबार १०० मिटर फ्रि स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।
बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइकलो पहिलो हिटमा गौरिकाले निर्धारित दूरी १ः ००ः ११ मा पूरा गरिन्। उनले २०१९ मा बनाएको आफ्नै राष्ट्रिय कीर्तिमान तोडेकी हुन्। हिट १ मा गौरिकाले नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन्। उनी पहिलो हिटमा तेस्रो स्थान रहेकी छन्।
२०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी चार स्वर्ण पदकसँगै २ रजत र ३ कांस्य जितेकी गौरिकाले रियो ओलम्पिक २०१६ मा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment