कर्णाली नदीमा जीप खस्यो, बाबुआमा बेपत्ता, तीन छोराछोरी घाइते

डिसी नेपाल
१५ साउन २०७८ १६:२४
580
Shares

काठमाडौं। कैलालीमा शुक्रबार जीप दुर्घटना हुँदा २ जना बेपत्ता भएका छन्। कैलाली प्रहरीका डीएसपी प्रतिक विष्टका अनुसार शुक्रबार दिउँसो कैलालीको मोहन्याल गाउँपालिका वडा न ७ बाँकास्थित चिसापानीदेखि सोल्टा जाने कच्ची सडक खण्डबाट जीप कर्णाली नदीमा खसेको थियो।

डीएसपी विष्टले डिसीनेपालसँग फोनमा भने, ‘एकै परिवारका ५ जना दुर्घटनामा परेका छन्। बाबुआमा बेपत्ता छन्। तीन छोराछोरी घाइते अवस्थामा फेला परेका छन्। उनीहरुलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको छ।’

प्रहरीका अनुसार नदीमा जीप भने फेला परेको छ। तर, जीपमा रहेका डोटीको आदर्श गाउँपालिका ३ काँडे साउलेका अन्दाजी ४० वर्षीय चन्द्र प्रकाश जोशी र उनकी श्रीमती अन्दाजी ३० वर्षीया रुवि जोशी बेपत्ता छन्। प्रहरीले उनीहरुको खोजी कार्य भइरहेको जनाएको छ। घटनामा अन्दाजी ८ की लक्ष्मी जोशी, अन्दाजी वर्ष २ को भुवन जोशी रअ न्दाजी वर्ष ६ कि सावित्री जोशी घाइते भएका छन्।

भुवन र सावित्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जेठी छोरी लक्ष्मीले गाडीमा आफ्ना बाबु आमा र तीन छोराछोरी रहेको प्रहरीलाई जानकारी दिएकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *