ओमानमा हुने त्रिकोणात्मक सिरिजका लागि १९ खेलाडी छनोट, गुलसन झा को इन्ट्री

डिसी नेपाल
२० साउन २०७८ १२:५१
172
Shares

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्र्तगत ओमानमा हुने त्रिकोणत्मक सिरिजका लागि १९ खेलाडि छनोट भएका छन। नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १९ सदस्सीय टीमलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको हो।

नेपाल, ओमान र अमेरिका बीचको त्रिकोणात्मक सिरिजको लागि नेपाल क्रिकेट संघले १९ सदस्यीय टिमको घोषणा गरेको हो। सिरिज सेप्टेम्बरमा ओमानमा हुने तय भएको छ।

यस्तै पूर्व कप्तान पारस खड्काले मंगलबार मात्रै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे पछि उनी बन्द प्रशिक्षण सहभागी नहुने समेत क्यानले जनाएको छ। मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा टिमले तयारी थाल्ने छ।

लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ। लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ। नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ।
उदयमान फास्ट बलर गुलशन झा पहिलो पटक बन्द प्रशिक्षणका लागि छनोट भएका छन।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु ः
ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, शरद भेषवाकर, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, सुशान भारी, बिक्रम शोब, पवन सर्राफ, गुलसन झा

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *