साफ च्याम्पियनसिपमा नेपालको पहिलो प्रतिद्वन्दी माल्दिभ्स

डिसी नेपाल
२ भदौ २०७८ १६:५०
220
Shares

काठमाडौं । माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो । पाँच राष्ट्र सहभागी साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर ८ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १० मा खेल्नेछ ।

प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १३ मा प्रतिस्पर्धा गर्ने छन् । साफ च्याम्पियनसिपको लागि नेपालले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा पोखरामा तयारी गरिरहेको छ ।

बन्द प्रशिक्षणमा २८ खेलाडी रहेका छन् । साफ च्याम्पियनसिप अघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.