बलात्कार आरोपित फरार भएपछि चार प्रहरी निलम्बनमा
काठमाडौं । बलात्कार अभियोगमा पक्राउ परेका निर्मल परियार फरार भएपछि जनसेवा वृत्तका चार प्रहरी निलम्बनमा परेका छन् ।
काठमाडौं प्रहरी परिसरका एसपी रमेश बस्नेतका अनुसार सईसहित चार जना प्रहरी निलम्बनमा परेका हुन् । निलम्बनमा पर्नेमा प्रहरी वृत्त जनसेवाका प्रहरी नायब निरीक्षक (सई) बुद्धिराम बोहरा, हवल्दार चित्र डाँगी, प्रहरी जवान सुदेश दास र पूजा चौधरी छन् ।
२९ साउन साँझ जनसेवा प्रहरीले पक्राउ गरेको परियारलाई मेडिकल परीक्षणका लागि वीर अस्पताल ल्याउने क्रममा न्युरोड गेटबाट प्रहरीको भ्यानबाट हत्तकडी फुकालेर भागेका थिए । त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौंले एसपी रमेश बस्नेतको संयोजकत्वमा छानविन समिति बनाएको थियो । सोही समितिले उनीहरुलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment