नर्भिकमा स्पाइनल र हाडजोर्नी रोगको फ्री ओपीडी हुने

डिसी नेपाल
४ भदौ २०७८ २०:२४
160
Shares

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार हाडजोर्नी विशेषज्ञ तथा स्पाइनल सर्जनले सेवा दिने भएका छन्। नर्भिकमा कार्यरत हार्डजोनी विशेषज्ञ तथा स्पाइनल सर्जन डा। राजेश चौधरीले फ्री ओपिडी सेवा दिने भएका हुन्।

मेरुदण्ड भाँचिएका, मेरुदण्डमा इन्फेक्सन भएका, मेरुदण्ड सरेका, मेरुदण्डको नशा च्यापिएकालगायतका स्पाइनल समस्या भएका र हाडजोर्नीसँग सम्बन्धित विभिन्न समस्या भएकाले डा। चौधरीको क्याम्पसमा सहभागी भई निःशुल्क सेवा लिन सक्नेछन्।

नर्भिकले तीन साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर)अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ। यही क्रममा शनिबार डा. चौधरीले बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपीडी सेवा दिनेछन्।

निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्यान्डलाइन नम्बर ०१–५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.