गिरीको स्वास्थ्य स्थिति सामान्य
काठमाडौं । भारतको मुम्वईमा रहेको हिन्दुजा अस्पतालमा उपचार गराईरहेका नेपाली कांग्रेसका नेता प्रदीप गिरीसँग शुक्रबार कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भेटघाट गरी स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।
घाँटीमा थाइराइडको समस्याले अस्पतालमा उपचार गराईरहेका गिरीको स्वास्थ्य स्थिति सामान्य रहेको छ । उनी उपचारको लागि डाक्टरले तोकेको दिन अस्पताल जाने र अन्य दिन मुम्वई स्थित डेरामा नै आराम गरेर बसेको उपचारका लागि सँगै मुम्वई गएको स्रोतले बताएको छ ।
गिरीको स्वास्थ्य स्थित बुझ्न निधीसंगै कांग्रेसका आमन्त्रिक केन्द्रीय सदस्य बालकृष्ण पाण्डे र प्रदेश २ का खानेपानी तथा ऊर्जा विकासमन्त्री विहीबार मुम्बइ पुगेका थिए । यस अघि गिरी मुम्वईमा अस्पताल भएको समाचार सार्वजनिक भएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment