कुलमान विरूद्ध परेकाे रिट प्रधानन्यायधीशकाे इजलासमा

डिसी नेपाल
८ भदौ २०७८ १०:५७
528
Shares

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई पुनः नियुक्ति दिइएको विरुद्ध सर्वोच्चमा परेको रिट प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबराको इजलासमा राखिएको छ।

पूर्व निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको उक्त रिट निवेदनको सुनुवाई आज हुने भएको छ। रिटमा शाक्यले आफ्नो कार्यकाल बाँकी रहँदै सरकारले अन्यायपूर्वक आफूलाई हटाएको बताएका छन्। यस्तै उनले उक्त पदमा आफैलाई थमौति गर्न समेत माग गरेका छन्।

गठबन्धनको सरकार बनेपछि प्राधिकरणको कार्यकारी निर्देशकमा अवकास प्राप्त घिसिङलाई नियुक्ति दिएको छ। यसअघि घिसिङको कार्यकाल सकिँदै गर्दा ओली सरकारलाई पनि घिसिङको कार्यकाल थप्न जनस्तरबाट दबाब परेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *