११ बजे बस्ने तय भएकाे एमाले स्थायी कमिटी बैठक किन सर्याे
फाइल फाेटाे।
काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक सरेको छ। विहान ११ बजेकालागि बोलाइएको बैठक दिउसो ३ बजेका लागि सारिएको हो।
बैठक सारिनुको कारण नखुलाए पनि दिउसो ३ बजे ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति भवनमा पार्टीको स्थायी कमिटी बैठक बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
सोमबार तेस्रो धार मानिएका पार्टीका नेताहरुसँगको छलफलपछि अध्यक्ष केपी शर्मा ओलीले आज स्थायी कमिटी बैठक बोलाएका थिए। आजको बैठकमा तेस्रो धार मानिएका नेताहरु पनि सहभागि हुने कार्यक्रम रहेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment