थप २ हजार ४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

डिसी नेपाल
९ भदौ २०७८ १६:५५
216
Shares

काठमाडौं । गत २४ घण्टामा नेपालमा १५ हजार २९० जनाको परीक्षण गर्दा २ हजार ४८२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ७८१ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ७११ पीसीआर परीक्षण गर्दा १ हजार ८६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ५७९ परीक्षण गर्दा ६२० जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ४४ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ५७७ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.