प्रकाश सपुतको ‘कुरा बुझ्नु पर्छ’ यूट्युवको करोड क्लवमा
काठमाडौं । प्रकाश सपुतले गाएको गित ‘कुरा बुझ्नु पर्छ’ करोड क्लवमा प्रवेश गरेको छ। प्रकाश सपुतकै यूट्युव च्यानलमार्फत सार्वजनिक भएको २० दिनमै कुरा बुझ्नु पर्छले १ करोड १८ लाख बढी दर्शक बटुल्न सफल भएको हो। साथै अहिलेसम्म यूट्युवको ट्रेडिङ नं. ७मा रहेको छ।
नेपाली संगीत क्षेत्रमा ‘गलबन्दी’, ‘बोलमाया’, ‘मेरो पनि हैन र यो देश’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’ लगायत प्रकाशका थुप्रै गितहरु चर्तामा रहेका छन्।
प्रकाशले आफैले गाएको गीतमा आफै भिडियो निर्देशन पनि गर्दै आएका छन्। कुराबुझ्नु पर्छमा गायिका शान्तिश्री परियार र समिक्षा अधिकारीले आवाज दिएका छन्।
महिलाहरुको शसक्तिकरणमा कुराबुझ्नु पर्छको शब्दले ठूलो भूमिका निर्वाह गरेको छ। प्रकाशले नै गरेको शब्द र संगीतमा रहेको उक्त गीतको भिडियोमा चर्चित अभिनेत्रीद्वय स्वस्तिमा खड्का र आचल शर्मा रहेका छन्।
उनीहरुसँगै भिडियोमा कलाकार लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनिल विकलाई पनि देख्न सकिन्छ। अगस्त ६ तारिखमा यूट्युवमा अपलोड गरिएको भिडियोको हालसम्मको दर्शक संख्या १ करोड १८ लाख ४४ हजार रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment