सिटी एक्सप्रेस मनी ट्रान्सफर र अल मुल्ला एक्सचेन्जबीच रेमिटान्स कारोबार सुरु

डिसी नेपाल
१० भदौ २०७८ १७:०५
96
Shares

काठमाडौं । कुवेतको ख्यातिप्राप्त अल मुल्ला एक्सचेन्ज (Al Mulla Exchange) र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ। अल मुल्ला एक्सचेन्ज कुवेतको पहिलो मोबाइल एप्लिकेसन सुरु गर्ने रेमिटान्स कम्पनी हो। जसको १०२ स्थानमा आफ्ना शाखाहरु उपलब्ध छन्।

कुवेतमा रहेका नेपालीले अल मुल्ला एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिनेछ। यसका साथै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाइल वालेटमा लोड गर्न सकिन्छ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *