९ किलो बुद्धचित्तको दाना दानासहित एक युवक पक्राउ
काठमाडौं । प्रहरीले ललितपुरको सानेपाबाट बुद्धचित्तको दानासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका घर भएका रोजबहादुर तामाङ छन् ।
तामाङले लिएर हिँडेको ९ किलो बुद्धचित्तको दाना बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्यले बताइन । सानेपास्थित कालोपुलबाट ट्याक्सीमा टेकुतर्फ जाँदै गरेका २९ वर्षीय तामाङलाई महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटिएको टोलीले पक्राउ गरेको हो । दाना कारोबारीसँग सम्बन्धति गाउँपालिकामा राजस्व बुझाएको रसिद र वन कार्यालयको ‘छुट पुर्जी’ नभएपछि प्रहरीले पक्राउ गरेको पनि एसएसपी बज्राचार्यले बताइन ।
यसैबीच ललितपुर प्रहरीले महालक्ष्मी नगरपालिका वडा नं.३ महर्जन चोक स्थित सुनिल महर्जनको घरमा अवैध रुपमा जुवा तास खेली खेलाई रहेका ११ जनालाई पक्राउ जुवा तास खेलीरहेका खालबाट नगद रु. २लाख३८ हजार १८५ सहित निम्न ११ जना मानिसहरूलाई नियन्त्रणमा लिएको छ ।







डिसी नेपाल








Facebook Comment