२० वर्षकी केटीको फोटो देखाएर ४५ वर्षकी महिलासँग बिहे गराइदिन खोज्दा…
काठमाडौं। बिहे गर्नको लागि कुरा चलाउँदा केहुलालाई २० वर्षकी केटीको फोटो देखाइएको थियो तर बिहे गर्ने क्रममा मण्डपमा ४५ वर्षकी महिला बेहुली बनेर आएपछि बेहुला मण्डपबाटै भागेका छन् । युवकलाई २० वर्षकी केटीको फोटो देखाएर कुरा चलाउँदा उनले बिहे गर्न स्वीकार गरेका थिए तर मण्डपमा २ छोराछोरीकी आमालाई ल्याइएपछि बेहुला भागेर सिधै पुलिस स्टेशन गएर उजुरी दर्ता गराएका छन् ।
भारतको उत्तर प्रदेशको इटावाका शत्रुघ्न सिंह नामका युवकसँग यसरी धोका भएको भारतीय मिडियाले जनाएका छन् । दलालले उनलाई २० वर्षकी केटीको फोटो देखाएर उनीसँग बिहे गराइदिने भन्दै ३५ हजार रुपैयाँ पनि लिएका थिए । तर, बिहेको दिन मन्दिर पुगेका युवकले आफ्नो बिहे ४५ वर्षकी महिलासँग गराउन लागेको थाहा पाए । महिला २ छोराछोरीकी आमा भएको बताइयो । यो थाहा पाएपछि शत्रुघ्नले बिहे गर्न अस्वीकार गरे ।
दलालहरुले उनलाई धम्क्याउने र कुटपिटको प्रयास पनि गरेका थिए तर शत्रुघ्न भागेर पुलिस स्टेशन पुगे । पुलिस स्टेशन पुगेका शत्रुघ्नको उजुरीका आधारमा केस दर्ता गरिएको र दोषीहरुलाई उचित कारवाही गरिने इटावाका एसपी सिटी कपिल देव सिंहले बताएका छन् । आरोपीहरुलाई पक्राउ गरियो वा फरार छन् भन्ने विषयमा स्पष्ट बताइएको छैन ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment