इपिएलमा म्यान्चेस्टर युनाइटेडको कठिन जित

डिसी नेपाल
१४ भदौ २०७८ ७:०४
168
Shares

काठमाडाैं। इंग्लिस प्रिमियर लिग (इपिएल) मा म्यान्चेस्टर युनाइटेडले कठिक जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले उल्भ्समाथि १-० गोलको कठिन जित निकालेको हो।

उल्भ्सको मैदानमा युनाइटेडलाई जित दिलाउन मासन ग्रीनउडले निर्णायक गोल गरे। खेलको ८१ औं मिनेटमा ग्रीनउडले गोल गरेका हुन्। उनले डेब्यु खेलाडी राफायल भरानको पासमा सदूपयोग गरे।

दोस्रो जितसँगै युनाईटेडले तीन खेलमा सात अंकसहित तालिकाको तेस्रो स्थानमा छ। उल्भ्सको यो लगातार तेस्रो हार हो। अंकविहीन उल्भ्स १८ औं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *