टोक्यो प्यारालंपिकमा पदक जितेका भारतीय खेलाडी अयोग्य घोषित, जितेको पदक नपाउने
काठमाडौं। टोक्यो प्यारालंपिकमा डिस्कस थ्रोमा कास्य पदक जितेका भारतीय खेलायी विनोद कुमार अयोग्य घोषित भएका छन् । विरोधपछि होल्डमा राखिएको उनको पदक अब नदिइने भएको छ । टोक्यो प्यारालंपिकका प्राविधिक प्रतिनिधिले विनोद कुमार डिस्कस थ्रो (एफ ५२ वर्ग) को लागि योग्य श्रेणीमा नपर्ने फैसला गरेका छन् ।
आइतबार विनोद कुमारले पदक जितेका थिए । तर उनको शारीरिक विकारको वर्गीकरणमा विरोध भएपछि मेडल होल्डमा राखिएको थियो । बीएसएफका ४१ वर्षका जवान विनोद कुमारले १९.९१ मिटर फालेका थिए । स्वर्ण पदक विजेता पोल्याण्डमा पियोट्र कोसेभिचले २०.०२ मिटर र रजत विजेता क्रोएसियाका भेलिमिर स्यान्डोरले १९.९८ मिटर फालेका थिए ।
एफ ५२ वर्गको प्रतियोगितामा ती खेलाडीले मात्र भाग लिन पाउँछन् जसको मांशपेशीको क्षमता कमजोर हुन्छ र उनीहरुको चल्ने क्षमता सीमित हुन्छ । हातमा विकार हुन्छ वा खुट्टाको लम्बाइमा अन्तर हुन्छ । यी खेलाडी बसेर प्रतिस्पर्धामा भाग लिन्छन् । मेरुदण्डमा चोट भएका वा कुनै अंग काटिएका खेलाडी पनि यसमा भाग लिन पाउँछन् ।







डिसी नेपाल







Facebook Comment