साथी बाल्टिमोरले सेप्टेम्बर ४ र ५ मा क्रिकेट खेल आयाेजना गर्ने
बाल्टिमोर । अमेरिकाको बाल्टिमोर शहरमा रहेको नेपाली युवाहरुको संस्था साथी बाल्टिमोरले सेप्टेम्बर ४ र ५ मा गर्ने क्रिकेट खेलको आयोजना गर्ने भएको छ। साथी बाल्टिमोरका रमेश भट्टका अनुसार उक्त खेलमा ६ वटा टिमले सहभागिता जनाउने भएका छन्।
खेलमा आयोजकका दुई टिम रहेको भट्टले जानकारी दिए। सहभागी ६ टिमलाई दुई समुहमा विभाजन गरिएको छ।
प्रतियोगितामा डीएमभी अल स्टार्स, एभरेष्ट लायन्स क्रिकेट क्लव, फार वेस्र्टन क्रिकेट क्लव, मेरिल्याण्ड क्राब्स, साथी बाल्टिमोर क्रिकेट क्लव ए र बी रहेका छन्।
समुह ए को पहिलो खेलमा डीएमभी अल स्टार्स र साथी बाल्टिमोर क्रिकेट क्लवको ए टिमले खेल्नेछ। यस्तै समुह बी को पहिलो खेलमा मेरिल्याण्ड र फार वेस्र्टनबीच प्रतिस्पर्धा हुनेछ।
दुई समुहका शीर्ष दुई टिमले सेमिफाइनल खेल्ने छन्। दुईवटा मैदानमा हुने प्रतियोगिता दुई दिन चल्नेछ।
पहिलोपटक आयोजना हुन लागेको सो प्रतियोगिताको विजेताले २५ सय अमेरीकी डलर पाउने छ भने दोस्रो हुनेले १५ सय अमेरीकी डलर हात पार्ने साथी बाल्टिमोर क्रिकेट क्लवका ब्यवस्थापक उत्सब सिग्देलले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment