अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको कीर्तिमान

डिसी नेपाल
१८ भदौ २०७८ ६:४०
96
Shares

लन्डन। पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको विश्व कीर्तिमान रचेका छन्। बुधबार राति भएको विश्वकप छनोटअन्तर्गत समूह ‘ए’ को खेलमा रोनाल्डोले आयरल्यान्डविरुद्ध दुई गोल गर्दै विश्व कीर्तिमान रचेका हुन्।

आयरल्यान्डलाई २-१ गोल अन्तरले पराजित गर्नेक्रममा रोनाल्डोले दुई गोल गर्दै आफ्नो गोल संख्या १११ पुर्‍याएका छन्। योसँगै रोनाल्डोले यसअघि अन्तर्राष्ट्रिय फुटबलमा इरानका अलि डाइले राख्नुभएको १०९ गोलको कीर्तिमान भंग गरेका छन्। अलिले सन् १९९३ बाट २००६ सम्म खेल्दा १०९ गोल गरेका थिए।

३६ वर्षे रोनाल्डोले अघिल्लो महिना भएको युरोकपमा अलि डाइको १०९ गोलको कीर्तिमान बराबरी गरेका थिए। यसपटक उहाँले सो कीर्तिमान नै भंग गर्नुभएको हो । पोर्चुगलका लागि १८० खेल खेल्दै रोनाल्डोले कीर्तिमान राखेका हुन्।

युरोकपमा पोर्चुगलले आफ्नो पहिलो खेलमा हंगेरीमाथि ३-० गोलअन्तरको जित हात पार्दा रोनाल्डोले दुई गोल गर्दा ६ कीर्तिमान राखेका थिए। उनी पाँच युरोकप खेल्ने एक्लो खेलाडी हुन्। यस्तै पाँचाै युरोकपमा गोल गर्ने समेत उनी एक्लो खेलाडी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *